> क्याम्पस विदा सम्बन्धी सूचना !! !     > Notice For MBS 4th Sem !     > स्नातक तह दाेस्राे वर्षकाे भर्ना सम्बन्धी सूचना !     > प्रथम वर्षकाे भर्ना तथा रजिष्ट्रेशन फाराम भर्ने सूचना !     > परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना !     > Notice regarding filling up the exam form for BICTE 2nd semester !     > क्याम्पस विदा रहने सम्वन्धी सूचना !     > स्नातक तह प्रथम वर्षकाे आंशिक परीक्षा फाराम भर्ने सूचना !     > स्नातकाेत्तर तह M.Ed. and MBS दाेस्राे सेमेष्टरकाे पुन भर्ना सम्बन्धी सूचना !     > स्नातक तह तेस्राे वर्षकाे नियमित तथा आंशिक परीक्षार्थीकाे लागि परीक्षा फाराम भर्ने सूचना । !    

लोक सेवा आयोगकाे तयारी कक्षा सुरु

Published on : November 4, 2025 at 09:30 AM
लोक सेवा आयोगकाे तयारी कक्षा सुरु

लोक सेवा आयोगकाे तयारी कक्षा सुरु

नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसमा अध्ययरत विद्यार्थीहरुको लागि लोक सेवा तयारी कक्षा सुरु भएको छ ।
तयारी कक्षा संचालन गर्नको लागि नीलकण्ठ नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

तयारी कक्षामा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल, सामाजिक विकास अधिकृत विजया अर्याल लगायतले लोक सेवा आयोगले लिने परीक्षाको सैद्धान्तिक र प्राविधिक ज्ञानहरुको बारेमा सहजिकरण गरिरहनु भएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसालको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि तयारी कक्षाको सुरुवात गरिएको थियो ।

विशेष गरि लोक सेवाको खरिदार र सुब्बा तहलाइ लक्षित गरि तयारी कक्षा संचालन गरिएको नीलकण्ठ क्याम्पसका प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।

तयारी कक्षामा हालसालै खुलेको विभिन्न विज्ञापनहरुमा दरखास्त दिएका र अन्य इच्छुक विद्यार्थीहरु गरि ४० जनाको सहभागीता रहेको छ । पहिलो चरणमा ४० जना विद्यार्थीहरुको लागि मात्र कक्षा संचालन गरिएको र आगामी आर्थिक वर्षदेखि चरणबद्ध रुपमा सवै इच्छुक विद्यार्थीहरुलाई समावेश गरेर कक्षा संचालन गरिने क्याम्पस प्रमुख शर्माले जानकारी दिनुभयो ।