लघु भिडियो प्रतियोगीता सम्पन्न, BSW दोस्रो वर्षका विद्यार्थीहरु प्रथम

Published on : November 4, 2025 at 03:45 AM
लघु भिडियो प्रतियोगीता सम्पन्न, BSW दोस्रो वर्षका विद्यार्थीहरु प्रथम

लघु भिडियो प्रतियोगीता सम्पन्न, BSW दोस्रो वर्षका विद्यार्थीहरु प्रथम

नीलकण्ठ बहुमुखी क्याम्पस अन्तरगत अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा लघु भिडियो निर्माण प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीहरुको सिर्जनशीलता बढाउने, अभिनय क्षमता जाच्ने र प्रविधिमा विद्यार्थीहरुको सहभागिता बृद्धि गराउने उद्देश्यले भिडियो निर्माण प्रतियोगीता राखिएको समितिले जनाएको छ ।

प्रतियोगीता अन्तरगत BSW दोस्रो वर्षका विद्यार्थीहरु पहिलो भएका छन् । त्यस्तै BBS चौथो वर्षका विद्यार्थीहरु दोस्रो र BBS दोस्रो वर्षका विद्यार्थीहरुले तेस्रो स्थान प्राप्त गरेका छन् ।

विजयी विद्यार्थीहरुलाइ नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिने छ ।